काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नवलपरासीमा धान उत्पादन बढ्यो

9.74K
shares

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ४५ प्रतिशतले धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यसवर्ष करिब २८ हजार नौ सय ७३ मेट्रिक टन धानको उत्पादन बढेको हो ।

यस वर्ष २० हजार ५ सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार दुई सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतापपुर र सुस्ता गाउँपालिका उखु, केरा र बदामका लागि परिचित मानिन्छ । यहाँ हाइब्रिड, साँवा, सुगन्धितलगायत जातका धान लगाउने गरिन्छ ।

धान उत्पादन बढाउन आधुनिक उपकरणमा अनुदान दिने, गुणस्तरीय बीउ वितरण गर्ने गरेकाले धान उत्पादन बढेको केन्द्रले उल्लेख गरेको छ ।