global ime bank Long Banner Ad

गृहपृष्ठ बेल्जियम बाहिरियो, मोरक्को र क्रोएसिया नकआउट चरणमा

बेल्जियम बाहिरियो, मोरक्को र क्रोएसिया नकआउट चरणमा

बेल्जियम बाहिरियो, मोरक्को र क्रोएसिया नकआउट चरणमा

मोरक्को र क्रोएसियाले कतार विश्वकप २०२२ को नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् । बिहीबार राति समूह ‘एफ’को खेलमा आफू अनुकुल नतिजा निकाल्दै मोरक्को विजेता र क्रोएसिया उपविजेता बनेको हो ।

अल थुमामा रंगशालामा मोरक्कोले कमजोर मानिएको क्यानाडामाथि २–१ को नतिजा हासिल गर्यो । मोरक्कोका लागि हाकिम जियाच र युसुफ इन नेसिरीले एक एक गोल गरेका थिए । नायेफ एगुर्डले आत्मघाति गोल गरेका थिए ।

अहमद बिन अली रंगशालामा भएको अर्को खेलमा बेल्जियम र क्रोएसिसयाले गोलरहित बराबरी खेलेका थिए । दुबै टोलीले गोलका केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

खेलपछि सात अंकका साथ मोरक्को समूह विजेता तथा क्रोएसिया पाँच अंकका साथ उपविजेता भए । चार अंकमा सीमित बेल्जियम र बिना अंकको क्यानाडा प्रतियोगिताबाट बाहिरिए ।

प्रकाशित समय : ०८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु