गृहपृष्ठ संसारकै सबैभन्दा ठूलो ज्वालामुखी ४० वर्षपछि पहिलो पटक विस्फोट
संसारकै सबैभन्दा ठूलो ज्वालामुखी ४० वर्षपछि पहिलो पटक विस्फोट
संसारको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी हवाईको मौना लो करिब ४० वर्षमा पहिलो पटक विस्फोट भएको छ । विस्फोटको संकेत पाएपछि आपतकालीन दलहरू सोमबार बिहानै अलर्टमा रहेको अमेरिकी अधिकारीहरूले बताए ।
विष्फोटले नजिकैका बासिन्दाहरूलाई खतरा हुन सक्ने अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)ले अलर्ट गरेको थियो । हवाई ज्वालामुखी राष्ट्रिय निकुञ्जभित्र विस्फोट भएको लगभग १५ मिनेटपछि मौना लो विस्फोट भएको थियो ।
‘अहिले लाभाको प्रवाह चुचुरोको क्षेत्रभित्र सीमित छ र यसले तल बस्ने समुदायलाई जोखिम पुर्याएको छैन’ युएसजीएसले एउटा वेबसाइटमा भनेको छ । वरपरका वासिन्दाले तयारी पक्रियाबारे समिक्षा गर्नुपर्ने पनि सो संस्थाले जनाएको छ ।
प्रकाशित समय : ०९:०३ बजे

















