गृहपृष्ठ दोलखामा रद्द भएका मतदान केन्द्रमा मंसिर १५ गते चुनाव गर्ने निर्णय

दोलखामा रद्द भएका मतदान केन्द्रमा मंसिर १५ गते चुनाव गर्ने निर्णय

दोलखामा रद्द भएका मतदान केन्द्रमा मंसिर १५ गते चुनाव गर्ने निर्णय

दोलखाका विवादित मतदान केन्द्रहरूमा पुन: मतदान हुने भएकाे छ । आज बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले यसअघि रद्द गरिएका केन्द्रमा मंसिर १५ गते फेरि चुनाव गर्ने निर्णय गरेकाे हाे ।

दोलखाका १० मतदान केन्द्रमा बुथ कब्जा भएको निष्कर्ष आयोगको थियो । मंसिर ४ को चुनावमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै नेकपा एमालेले उजुरी दिएपछि निर्वाचन आयोगको टोली दोलखा पुगेर अध्ययन गरेको थियो । यसपछि आयोगले विवादित केन्द्रमा पुन: मतदान गराउन सिफारिस गरेकाे थियो ।

वैतेश्वर गाउँपालिका २ जनज्योति माविका क र ख केन्द्र, वडा नम्बर ३ को कालिढुंगा मावि क, ख र ग केन्द्र, ६ को वैतेश्वर मावि क, ख र ग केन्द्र, तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवनमा रहेका क र ख केन्द्र गरी १० केन्द्रमा पुन: मतदान गर्ने निर्णय आयोगले गरेको थियो ।

प्रकाशित समय : १२:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु