गृहपृष्ठ स्पेन र जर्मनीले अंक बाढे

स्पेन र जर्मनीले अंक बाढे

स्पेन र जर्मनीले अंक बाढे

निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार दोस्रो हारबाट जोगिएको छ ।

आइतबार राति अल बायत मैदानमा १–० हार नजिक रहेको जर्मनीलाई निकलासले संकट टारेका हुन् ।

बरारबरीसँगै समूह इ बाट जर्मनीले अन्तिम १६ को सम्भावना कायम राखेको छ । यस समूहमा जर्मनीको दुई खेलबाट सर्वाधिक ४ अंक छ ।

जापान र कोस्टारिकाको तीन अंक रहँदा जर्मनीले एक अंक जोडेको हो । समूहमा चारै टोलीको प्रिक्वाटरफाइनल सम्भावना कायम छ ।

यसअघि पहिलो हाफमा कुनै गोल हुन सकेन । खेलको ६२औं मिनेटमा वैकल्पिक खेलाडी अल्भारो मोरटाले स्पेनलाई अग्रता दिलाएका थिए । अब, अन्तिम खेलमा स्पेन र जापान तथा जर्मनी र कोस्टारिका खेल्नेछन् ।

प्रकाशित समय : ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु