गृहपृष्ठ विश्व इतिहासमा आजः इस्ट टिमोर स्वतन्त्रदेखि मंगल ग्रहमा नासाको यान

विश्व इतिहासमा आजः इस्ट टिमोर स्वतन्त्रदेखि मंगल ग्रहमा नासाको यान

विश्व इतिहासमा आजः इस्ट टिमोर स्वतन्त्रदेखि मंगल ग्रहमा नासाको यान

आज सन् २०२२ को २८ नोभेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण सामाजिक तथा राजनीतिक घटनाक्रम :

गणतन्त्र दक्षिण ओसेटिया घोषणा

सन् १९९१ मा जर्जियाको विवादास्पद क्षेत्र ओसिटियाले आफूलाई गणतन्त्र दक्षिण ओसेटिया घोषणा गरेको थियो । ओसेटियाको स्वतन्त्रतालाई जर्जियाले मान्यता नदिएपछि दक्षिण ओसेटियामा युद्ध भएको थियो । रसिया भेनेजुएलालगायत केही देशहरुले मात्र ओसेटियालाई सार्वभौम देशको मान्यता दिएका छन् ।

पूर्वी टिमोर स्वतन्त्रता

सन् १९७५ मा पूर्वी टिमोर स्वतन्त्र भएको थियो । पूर्वी टिमोर लामो समयदेखि पोर्चुगलको अधिनमा थियो ।

मंगल ग्रहमा नासाको यान

सन १९६४ मा अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगलग्रहमा म्यारिनर ४ नामक यान पठाएको थियो । मंगल ग्रहबाट तस्बिर खिचेर पृथ्वीमा पठाउने पहिलो यान हो ।

तेहरानबारे सम्मेलन

सन् १९४३ मा अमेरिका, बेलायत, सोभियत युनियनबीच इरानको राजधानी तेहरानस्थित सोभियत दुतावासमा तेहरान सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनले युरोप र एशियासँग कसरी कूटनीतिक कदम चाल्ने भन्ने बारेमा छलफल भएको थियो । सम्मेलनमा दोस्रो विश्वयुद्धको समयमा जर्मनविरुद्ध दोस्रो मोर्चा बनाउने बारेमा योजना गरिएको थियो ।

प्रकाशित समय : ०८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु