global ime bank Long Banner Ad

गृहपृष्ठ समूह चरणको एक खेल अगावै क्यानडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानडा कतार विश्वकपबाट बाहिरियो

क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली क्यानाडा समूह चरणको एक खेल अगावै कतार विश्वकप २०२२ बाट बाहिरिएको छ ।

आइतबार राति क्रोएसियाको जितमा आन्द्रेज क्रामारिचले दुई गोल गरे । यसैगरी इभान पेरिसिच र जोसिप जुरानोभिचले एक एक गोल गरेका थिए । अल खालिफा रंगशालामा अल्फोन्सो डेभिसले क्यानडाको लागि अग्रता दिलाएका थिए ।

समूह ‘एफ’को खेलमा मोरक्कोले फिफा विश्व वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमलाई २–० ले हराएको थियो । समूह ‘ई’को खेलमा स्पेनसँग सात गोल खाएको कोस्टारिकाले जर्मनीलाई पराजित गरेको जापानमाथि १–० को जित हासिल गर्यो ।

समूह ‘एफ’मा क्रोएसिया र मोरक्को समान चार अंकका साथ नकआउट चरण प्रवेशको प्रतिस्पर्धामा अगाडि छन । बेल्जियम तीन अंकका साथ तेस्रो स्थानमा रहँदा क्यानाडाले अंकको खाता खोल्न सकेको छैन । समूहको अन्तिम खेलमा क्यानडाले मोरक्को तथा क्रोएसियाले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित समय : ०८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु