global ime bank Long Banner Ad

गृहपृष्ठ आरएसडीसी लघुवित्तकाे लाभांश घाेषणा

आरएसडीसी लघुवित्तकाे लाभांश घाेषणा

आरएसडीसी लघुवित्तकाे लाभांश घाेषणा

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जसमध्ये ८ प्रतिशत बोनस सेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित गरी ३ प्रतिशत नगद लाभांश छ ।

मंसिर १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ । अघिल्लो पटक लघुवित्तले १०.५३ प्रतिशत लाभांश बाँडेको थियो ।

अहिले लघुवित्तको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ छ । प्रस्तावित लाभांश वितरणपछि लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित समय : १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु