global ime bank Long Banner Ad

गृहपृष्ठ अर्घाखाँचीमा एमाले पहिलो दल, स्वतन्त्र पार्टी तेस्रो

अर्घाखाँचीमा एमाले पहिलो दल, स्वतन्त्र पार्टी तेस्रो

अर्घाखाँचीमा एमाले पहिलो दल, स्वतन्त्र पार्टी तेस्रो

अर्घाखाँचीमा नेकपा एमाले पहिलो दल भएको छ । एक प्रतिनिधिसभा क्षेत्र र दुई प्रदेशसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एमालेले तीन पद आफ्नो पक्षमा पार्दै समानुपातिक मतका आधारमा समेत पहिलो दल बन्न सफल भएको हो ।

समानुपातिक तर्फ ३७ हजार ४ सय ५० मत प्राप्त गरेको अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यमा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी निर्वाचित हुँदा प्रदेशसभामा एमालेकै चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

एमालेलाई पछ्याएको नेपाली कांग्रेस २६ हजार ८ सय ६५ मतसहित दोस्रो ठूलो दल बन्दा नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ८ हजार ९ सय ५१ मतसहित तेस्रो भएको छ । त्यस्तै ७ हजार ३ सय ४२ महसहित माओवादी केन्द्र चौथो र ५ हजार ३ सय २७ मतसहित राष्टिय जनमोर्चा पाँचौँ ठूलो दल भएको छ ।

नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीले भने लज्जाजनक मत प्राप्त गरेको छ । एकीकृत समाजवादीले १ हजार ६७ मत प्राप्त गर्दा राष्टिय प्रजातन्त्र पार्टीले ९ सय १२ मत प्राप्त गरेको छ ।

प्रकाशित समय : ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु