global ime bank Long Banner Ad

गृहपृष्ठ सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी

सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी

सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी

सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । २६ हजार १६६ प्राप्त गर्दै यादव विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत पाए । यादवले ३ हजार ८६६ मतान्तरले जितेका हुन् ।

२०५४ सालमा जिल्ला विकास समिति, सप्तरीको सभापतिमा निर्वाचित भएका यादवले पहिलो र दोश्रो संविधान सभामा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए ।

चौधरी एमालेको जिल्ला अध्यक्ष हुन् भने २०६४ को पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित समय : १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु