nmb bank

गृहपृष्ठ आइएमई बन्यो सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

आइएमई बन्यो सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

आइएमई बन्यो सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

समग्र रेमिट्यान्स कम्पनीहरूमध्ये आर्थिक वर्ष २०७७/७८ मा आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।

आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा बुधबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । सन् २००१ मा स्थापित आइएमईले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

कम्पनीले भनेको छ, ‘आइएमईलाई विदेशी मुद्रा बैंकिङ सञ्जालमार्फत नेपाल भित्र्याउने कार्यको थालनी गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मानस्वरूप विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ ।’

आइपीओमा जाने तयारी गरिरहेको आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा यसअघि पनि पटकपटक सम्मानित हुँदै आएको छ ।

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु