गृहपृष्ठ उदयपुर कारागारमा सकियो मतदान

उदयपुर कारागारमा सकियो मतदान

उदयपुर कारागारमा सकियो मतदान

जिल्ला कारागार उदयपुरमा मतदान सकिएको छ । समानुपातिकतर्फको अस्थायी मतदाता नामावलीमा नाम रहेका ६२ मध्ये ६१ कैदीबन्दीले मतदान गरेका छन् ।

निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाका अनुसार मतदाता नामावलीमा ६२ जनाको नाम रहे पनि एक जनाको नाम थर नमिल्दा ६१ जनाले मतदान गरेका हुन् । मतदाता नामवालीमा नाम रहेको कारागारमा मतदान सकिएको हो ।

विभिन्न कसुरमा कैदी बन्दी जीवन बिताइरहेका मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले समानुपातिकतर्फ मतदान गरेको निर्वाचन अधिकृत कोइरालाले बताए । उदयपुर कारागारमा १३० जना कैदी र ९५ जना बन्दी गरी २२५ जना कैदीबन्दी छन् ।

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु