काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेसका बारा उपसभापतिसहित तीन नेता पार्टीबाट निष्कासित

7.22K
shares

नेपाली कांग्रेसले ३ नेता तथा कार्याकर्तालाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेसले बारा जिल्ला उपसभापतिसहित तीन जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको हाे।

कांग्रेसका केन्द्रीय अनुशासन समितिका संयाेजक आनन्द प्रसाद ढुंगानाका अनुसार बारा क्षेत्र नं. ४ मा लोकतान्त्रिक बाम गठबन्धनका आधिकारिक उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ)को विरुद्वमा प्रचार प्रसार गरेको सूचना आएपछि जिल्ला उपसभापति अमिरिलाल राउत, जिल्ला सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई कारबाही स्वरुप पार्टीबाट निष्कासित गरिएकाे हाे ।

ढुंगानाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा (३४) बमोजिम उनीहरुलाई पार्टी सदस्यता समेत नरहने गरी निलम्बन गरिएकाे बताउनु भयाे ।