global ime bank Long Banner Ad

गृहपृष्ठ विश्व इतिहासमा आज कहाँ के भयो ?

विश्व इतिहासमा आज कहाँ के भयो ?

विश्व इतिहासमा आज कहाँ के भयो ?

आज १९ नोभेम्बर । प्रस्तुत छ विश्व इतिहासमा भएका केही घटनाः

इजिप्टका राष्ट्रपति अनवर सादतको इजरायल भ्रमण

सन् १९७७ मा इजिप्टका राष्ट्रपति अनवार सादतले इजरायलको भ्रमण गरेका थिए । इजरायलको भ्रमण गरेर इजरायली संसद केन्ससेटमा सम्बोधन गर्ने सादत अरब राज्यका पहिलो सरकार प्रमुख हुन् । इजरायल र अरब देशका सरकारहरुको विरोधबीच उनले भ्रमण गरेका थिए । अरब–इजरायल द्वन्द्व अन्त्य गरेको भन्दै सन् १९७८ मा सादत र इजरायलका प्रधानमन्त्रीलाई नोबेल पुरस्कार वितरण गरिएको थियो ।

चन्द्रमामा दोस्रो पटक अवतरण

सन् १९६९ मा एपोलो १२ चन्द्रमामा अवतरण गर्ने दोस्रो अन्तरिक्ष यान बनेको थियो । नासाको एपोलो कार्यक्रम अन्तर्गत सो यान चन्द्रमामा पुगेको थियो ।

पेलेको १००औँ गोल

ब्राजिलका फुटबलर पेलेले सन् १९६९ मा १०० औं गोल गरेका थिए । २० औं शताब्दीका महान खेलाडी पेलेले रियो दि जेनेरियामा भएको माराकान रंगशालामा भएको एउटा व्यवसायिक फुटबल खेलमा गोल हानेका थिए ।

इन्दिरा गान्धीको जन्म

आजकै दिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको जन्म भएको थियो । सन् १९१७ को १९ नोभेम्बरमा प्रयागराजमा जन्मिएकी गान्धीको ६६ वर्षको उमेरमा सन् १९८४ को ३१ अक्टोबरमा मृत्यु भएको थियो ।

प्रकाशित समय : ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु