गृहपृष्ठ ९८ हजार २०० रूपैयाँ पुग्यो प्रतिताेला सुनकाे मूल्य
९८ हजार २०० रूपैयाँ पुग्यो प्रतिताेला सुनकाे मूल्य
नेपाली बजारमा सुनको मूल्य मंगलबार अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।
एकैदिन सुनको मूल्य प्रतितोला उल्लेख्य रुपमा बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा पुगेको छ ।
मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
प्रकाशित समय : ११:३२ बजे



















