गृहपृष्ठ सी डिभिजन लिग आगामी वैशाखमा, हरेक क्लबलाई ११ लाख तयारी खर्च दिइने
सी डिभिजन लिग आगामी वैशाखमा, हरेक क्लबलाई ११ लाख तयारी खर्च दिइने
नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी बैशाखमा आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ‘सी’ डिभिजन क्लबसँग छलफल गर्दै २०८० साल बैशाख २२ गतेबाट सी डिभिजन लिग सुरु गर्ने निर्णय गरेको हो ।
एन्फाले सोमबार बी र सी डिभिजनका क्लबहरुसँग छुट्टा छुट्टै छलफल गरेको थियो ।
‘बी’ डिभिजन लिगको मिति अर्को बैठकबाट तय गर्ने सहमति भएको समेत एन्फाले जनाएको छ ।
प्रकाशित समय : ११:२३ बजे



















