काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गठबन्धन सरकारको नेतृत्व गर्ने तयारीमा नेतान्याहु

9.11K
shares

इजरायलका वरिष्ठ राजनीतिज्ञ तथा पूर्वप्रधामन्त्री बेन्जामिन नेतान्याहुले सरकार गठनका लागि म्यान्डेट प्राप्त गरेका छन् ।

चार वर्षमा पाँचौ पटक भएको नोभेम्बर १ को चुनावले बेन्जामिन नेतान्याहु र उनका अति दक्षिणपन्थी सहयोगीले १२० सिटको संसदमा स्पष्ट बहुमत प्राप्त गरेको थियो । ‘मैले तपाइ बेन्जामिन नेतान्याहुलाई सरकार गठनका लागि नियुक्त गर्ने निर्णय गरको छु’, राष्ट्रपति इज्याक हर्जोगले जेरुसेलमा आयोजित एक कार्यक्रममा भने ।

म्यान्डेट स्वीकार गर्दै ७३ वर्षीय नेतान्याहुले सम्पूर्ण इजरायलीलाई सेवा गर्ने प्रतिबद्धता जनाउका छन् । ‘मलाई मतदान गर्ने र नगर्ने दुवैलाई सेवा गर्नु मेरो दायित्व हो’, उनले भनेका छन् ।