गृहपृष्ठ टेलिकमकाे निर्वाचनलक्षित अफर : ९८ रुपैयाँमा ६ जीबी डाटा
टेलिकमकाे निर्वाचनलक्षित अफर : ९८ रुपैयाँमा ६ जीबी डाटा
निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले आकर्षक डाटा र भ्वाइस प्याक ल्याएकाे छ । यी अफरहरू कात्तिक २७ गतेदेखि मंसिर ११ गतेसम्म लागू हुनेछ ।
यस अफरमार्फत ग्राहकले २० जीबी डाटा जम्मा मात्र २९४ रुपैयाँमा पाउनेछन् जुन १० दिनसम्म प्रयाेग गर्ने सकिनेछ । यस्तै, मात्र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ ।
ग्राहकले एक दिनका लागि १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा प्रयाेग गर्न सक्ने टेलिकमले जनाएकाे छ । ग्राहकले *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सक्नेछन् ।
प्रकाशित समय : १३:३२ बजे

















