गृहपृष्ठ ओलीजीले संविधानलाई मनपरी प्रयोग गर्नुभयोः प्रधानमन्त्री देउवा

ओलीजीले संविधानलाई मनपरी प्रयोग गर्नुभयोः प्रधानमन्त्री देउवा

ओलीजीले संविधानलाई मनपरी प्रयोग गर्नुभयोः प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचन देशलाई कता लैजाने भन्नेमा निर्भर रहेको बताएका छन् । शनिवार चितवनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट किन हटाउनुपरेको भन्नेकुरा सबैलाई थाहा भइसकेको भन्दै लोकतन्त्र, गणतन्त्रलाई स्थायी बनाउन आवश्यक भएकाले संविधानको रक्षा गर्न ओलीलाई सरकारबाट हटाएको बताए ।

प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको बताए । उनले आसन्न निर्वाचनमा चितवनबाट गठबन्धनको जित हुनु आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहँदा संविधानलाई मनपरी रुपमा प्रयोग गरेर संसद विघटन गरेको उल्लेख गर्दै कुनैपनि प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नरहेको उल्लेख गरे।

प्रकाशित समय : १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु