गृहपृष्ठ पश्चिम नेपालमा फेरि भूकम्पको धक्का

पश्चिम नेपालमा फेरि भूकम्पको धक्का

पश्चिम नेपालमा फेरि भूकम्पको धक्का

पश्चिम नेपालका अधिकांश जिल्लामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । ​आज (शुक्बार) राति ८ बजेर १२ मिनेटमा कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङ​काे पातादेवल केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युटको भूकम्प गएको हाे ।

यसअघि पनि डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको ज्यान गएको थियाे । गत बुधबार राति २ बजेर १३ मिनेटमा गएको भूकम्पले पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियाे ।

प्रकाशित समय : २०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु