गृहपृष्ठ आचारसंहिता उल्लङ्घन गर्नेमाथि आक्रमक बन्दै आयाेग, ५ जनालाई ५० हजार जरिवाना

आचारसंहिता उल्लङ्घन गर्नेमाथि आक्रमक बन्दै आयाेग, ५ जनालाई ५० हजार जरिवाना

आचारसंहिता उल्लङ्घन गर्नेमाथि आक्रमक बन्दै आयाेग, ५ जनालाई ५० हजार जरिवाना

काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारी गरेर ५ जनालाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको छ।

आयोगले आचारसंहिता उल्लङ्घन गर्ने रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमसहित ५ जनालाई ५ हजारदेखि २५ हजारसम्मका दरले जरिवाना गराउने निर्णय गरेको हो ।

आचारसंहिताको उल्लङ्घनबारे प्राप्त उजुरीबारे स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको आयोगले जनाएको छ ।

यस्तै आचारसंहिता उल्लङ्घनका सम्बन्धमा अनुसन्धान गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाइएको आयोगले जनाएको छ । आचारसंहिता विपरीत भएका कार्य रद्द गर्न विभिन्न प्रदेश सरकार र स्थानीय तहलाई आवश्यक निर्देशन दिइएको छ ।

प्रकाशित समय : १९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु