nmb bank

गृहपृष्ठ ५३० मा झर्‍यो सक्रिय संक्रमितकाे संख्या

५३० मा झर्‍यो सक्रिय संक्रमितकाे संख्या

५३० मा झर्‍यो सक्रिय संक्रमितकाे संख्या

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साे अवधिमा देशभर ६८० पीसीआर परीक्षण भएको छ ।

शनिबार २४ जना कोरोना संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयकाे तथ्यांकअनुसार हाल देशभर ५३० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु