global ime bank Long Banner Ad

गृहपृष्ठ जिसस बैतडीका सदस्य भाटमाथि फेसबुकमार्फत भ्रम फैलाएको आरोप

जिसस बैतडीका सदस्य भाटमाथि फेसबुकमार्फत भ्रम फैलाएको आरोप

जिसस बैतडीका सदस्य भाटमाथि फेसबुकमार्फत भ्रम फैलाएको आरोप

बैतडी । जिल्ला समन्वय समिति बैतडीका सदस्य एवं पाटन नगरपालिका-९ का वडा सदस्य प्रेमसिंह भाटले सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोप लागेको छ । भाटले पाटन-९ का निवर्तमान वडाध्यक्ष एवं निवर्तमान नगर प्रवक्ता एमाले बैतडी जिल्ला कमिटी सदस्य लोकेन्द्र भण्डारीलाई स्थानीयहरूले लखेटेको भन्दै फेसबुकमा पोष्ट गरेका थिए ।

यस विषयमा भाटसँग कुरा गर्न खोज्दा उल्टै आमाचकारी गालीग्लौज गरेको भण्डारीले बताए । पत्रकार महासंघ बैतडीका पूर्वअध्यक्षसमेत रहेका भाटले सामाजिक सञ्जाल फेसबुकमा ‘निवर्तमान पाटन नगरपालिका बैतडीका प्रवक्ता लोकेन्द्र भण्डारी भर्खरै बल्लासौँबाट लखेटिए’ भन्दै पोष्ट गरेका थिए । केही समयपछि आफैले सच्याइएको भन्दै ‘पाटन-१ बल्लासौँ बाट लखेटिए’ मात्रै लेखेर पोष्ट परिवर्तन गरेका छन् । भाटको पछिल्लो पोष्टमा नाम उल्लेख छैन ।

भण्डारीले भने आफूहरु नेता कार्यकर्तासहित चुनाव प्रचार प्रसारमा वडा नम्बर १ र ७ मा रहेको र प्रचार प्रसारमा कुनै त्यस्तो घटना नभएको बताएका छन् । भाटले बिनाप्रमाण र बिनाआधार भ्रम फैलाएको भण्डारीले बताए । यस विषयमा आफू कानुनी उपचार खोज्ने उनको भनाइ छ । यो विषयलाई लिएर सामाजिक सञ्जालमा भाटको आलाेचना भइरहेको छ ।

प्रकाशित समय : १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु