global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ भलिबल प्रतियोगिताका लागि आठ खेलाडी छनोट

भलिबल प्रतियोगिताका लागि आठ खेलाडी छनोट

भलिबल प्रतियोगिताका लागि आठ खेलाडी छनोट

नेपाल भलिबल संघ (एनभिए)ले बंगलादेशमा आयोजना हुने बिच भलिबलको खुला छनोट पूरा गरेका छ । एनभिएले कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालय परिसरमा रहेको कोर्टमा खुला छनोट गरेको हो ।

छनोटमा विजेता र उपविजेता भएका महिला तथा पुरुष दुवै टोलीलाई बन्द प्रशिक्षणमा राख्ने एनभिएले जनाएको छ । प्रतियोगिताका लागि ढाका प्रस्थान गर्नुअघि मात्रै एक–एक टोलीको टुंगो लाग्नेछ ।

छनोटमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी पहिलो भएको थियो । एपिएफ क्लबका राजकुमार निरौला र लक्ष्मण राना दोस्रो भएका थिए ।

महिलातर्फ नेपाल पुलिस क्लबका कोपिला उप्रेती र कमला पुनको जोडी पहिलो भएका थिए भने एपिएफ क्लबका निरुता थगुन्ना र रेश्मा भण्डारीको जोडि दोस्रो भए ।

बिच भलिबल डिसेम्बर २६ देखि ३१ सम्म ढाकामा हुँदैछ । बिच भलिबलमा सहभागी हुन अफगानिस्तान, अष्ट्रेलिया, भुटान, चिन, भारत, इरान, ताजकिस्तान, कीर्गिस्तान, माल्दिभ्स, मलेसिया, नेपाल, पाकिस्तान, सिंगापुर, श्रीलंका, ताजकिस्तान, थाइल्यान्ड, तुर्कमिनिस्तान, युएई र उज्वेकिस्तानलाई निमन्त्रणा गरिएको छ । प्रतियोगितामा सहभागी जनाउने सबै टोलीको टुंगो भने लागिसकेको छैन ।

प्रकाशित समय : ०९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु