global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सुनको मूल्यमा एकैदिन १४ सय रूपैयाँ वृद्धि

सुनको मूल्यमा एकैदिन १४ सय रूपैयाँ वृद्धि

सुनको मूल्यमा एकैदिन १४ सय रूपैयाँ वृद्धि

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि ३० रूपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु