global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कोका-कोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिन्क-बिलिभ-विन’ सुरु

कोका-कोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिन्क-बिलिभ-विन’ सुरु

कोका-कोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिन्क-बिलिभ-विन’ सुरु

फिफा वर्ल्डकपको माहोल नजिकिँदै गर्दा कोका-कोलाले आफ्ना फुटबलप्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वर्ल्डकप विशेष लेबल लन्च गरेको छ ।

‘ड्रिन्क-बिलिभ-विन’ नाम रहेको यस क्याम्पेनअन्तर्गत उपभोक्ताहरूले फिफा वर्ल्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेटजस्ता मर्कन्डाइजहरू जित्न सक्नेछन् । यस क्याम्पेनमा सहभागी हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँँ फिफा वर्ल्डकप लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ । त्यस्तै कोक(स्पेस)(लेबल पछाडिको नम्बर)(स्पेस)(आफ्नो नाम)टाइप गरेर ३४९४९ मा पनि एसएमएस पठाउन सकिनेछ । www.coca-cola.com.np मा गएर आवश्यक जानकारी प्रदान गरेर पनि यस क्याम्पेनमा सहभागी हुन सकिनेछ ।

कात्तिक १५ बाट सुरु भएको यो क्याम्पेन मंसिर २८ सम्म लागू हुने कम्पनीले जनाएको छ । यो अफर लागू नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन् । यसको बारेमा विस्तृत शर्त तथा जानकारीहरू कम्पनीको वेबसाइटमा गएर हेर्न सकिनेछ ।

पुरस्कार दावी गर्नको लागि आफूसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ । यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका-कोला र कोका-कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिने बताइएको छ ।

प्रकाशित समय : ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु