global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल

काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक ९नेपाल वायुसेवा निगम०को पुनर्जागरणका लागि सबै इमान्दार बन्नुपर्ने बताएको छन ।

नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार भएर लाग्नुपर्ने बताए । निगमको विकासमा अहोरात्र खटिने इमान्दार, नैतीकवान र जिम्मेवार कर्मचारीको वृत्तिविकासमा मन्त्रालयले ध्यान दिने र अनियमितता गर्ने जोकोहीलाई कारबाही गरिने उनले स्पष्ट पार्े ।

मन्त्री पौडेलले निगमको प्रगतिका लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्े । उनले निगमका सम्पूर्ण कर्मचारीलाई कुशलतापूर्वक र जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमलाई बलियो बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए। उनले विगतका अनुभवबाट शिक्षा लिँदै स्पष्ट दृष्टिकोणका साथ निगमलाई अघि बढाउनुपर्ने उल्लेख गर्े । निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले विभिन्न चुनौतीका बाबजुद पनि पछिल्लो समय यात्रुको सङ्ख्या र आम्दानी वृद्धि हुनु सकारात्मक पक्ष रहेको बताए ।

सो अवसरमा मन्त्री पौडेलले निगमको गतिविधि समेटेर प्रकाशन गरेको वार्षिक विशेषाङ्क ‘आकाश भैरव’ पत्रिकाको लोकार्पण गर्े । निगमको वार्षिकोत्सवका अवसरमा आजै निगमको केन्द्रीय कार्यालयबाट न्यूरोड जुद्ध शालिक हुँदै निगमको कार्यालयसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।

 

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु