गृहपृष्ठ एक सय ६० घरमा खानेपानी सुविधा
एक सय ६० घरमा खानेपानी सुविधा
पर्वत । मोदी गाँउपालिकामा बोरिङ खानेपानी आयोजनामार्फत एक सय ६० घरमा खानेपानी विस्तार गरिएको छ । आयोजना गत वैशाखदेखि सुरु भएको हो ।
मोदी गाउँपालिकाको रु २५ लाख, गण्डकी प्रदेश सरकारको रु १५ लाख र उपभोक्ताका रु तीन लाख गरी कूल रु ४३ लाखको लागतमा उक्त आयोजना सम्पन्न भएको गाँउपालिकाले जनाएको छ ।
आयोजनाबाट तिलहार, थामर्जुङ र दराक क्षेत्रका १६० घरधुरीले खानेपानीको सुविधा प्राप्त गरेका छन् ।
प्रकाशित समय : १८:५२ बजे



















