काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कात्तिक नाचको अन्तिम दिन (फाेटाेफिचर)

10.63K
shares

पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’मा कात्तिक नाचअन्तर्गतको आठौं अर्थात् अन्तिम दिन आइतबार मध्यरातमा नृसिंह अवतार-हिरयण्यकश्यपु वध मञ्चन भएको छ ।

प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार साँझ सो नृत्य प्रदर्शन गरी यो वर्षको नृत्यसमापन भाएको हो । भगवान् विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रल्हदको कथामा आधारित नृत्य प्रदर्शन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । सो नाटकमार्फत अरूलाई अन्याय तथा अत्याचार गर्न नहुने, यदि गरेमा आफू पनि उक्त जालमै परिने सन्देश छर्न खोजिएको अध्यक्ष चित्रकार बताउँछन् ।

१६९७ सालमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाचको सुरुआत गरेको बताइन्छ । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्ति र सु-व्यवस्था कायम रहने विश्वास छ ।