global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वमा आजः कोलिम्बियाको नरसंहारदेखि रंगभेदविरुद्ध राष्ट्रसंघको संकल्प प्रस्ताव

विश्वमा आजः कोलिम्बियाको नरसंहारदेखि रंगभेदविरुद्ध राष्ट्रसंघको संकल्प प्रस्ताव

विश्वमा आजः कोलिम्बियाको नरसंहारदेखि रंगभेदविरुद्ध राष्ट्रसंघको संकल्प प्रस्ताव

आज ६ नोभेम्वर । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः

अस्ट्रेलियामा जनमत संग्रह

सन् १९९९ मा अस्ट्रेलियाको संविधान संशोधन गर्न जनमत संग्रह आयोजना भएको थियो । राष्ट्रपति राष्ट्रप्रमुख हुने प्रावधानसहितको गणतन्त्रमा जान विषयलाई अस्ट्रेलियाली नागरिकले अस्वीकार गरेका थिए ।

११ न्यायाधीशसहित ३०० को मृत्यु

सन् १९८५ मा अप्रिल आन्दोलनका गुरिल्लाहरुले कोलम्बियाको सर्वोच्च अदालत रहेको प्यालेस अफ जस्टिनलाई नियन्त्रणमा लिएर ३०० जनालाई बन्धक बनाएका थिए । विद्रोही र सरकारी फौजबीचको लडाइँमा सर्वोच्चका ११ न्यायाधीशसहित १०० जनाको मृत्यु भएको थियो ।

रंगभेदविरुद्ध संकल्प प्रस्ताव

सन् १९६२ मा राष्ट्रसंघको महासभाले दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघले सदस्य राष्ट्रलाई रंगभेदको विरुद्धमा उभिन निर्देशन दिएको थियो ।

अमेरिकी राष्ट्रपतिमा अब्राहम लिंकन

आजकै दिन अर्थात ६ नोभेम्बर १८६० मा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनको विजयपछि अमेरिकाको रक्तपातपूर्ण गृहयुद्ध र दास प्रणाली विस्तारै अन्त्य भएको थियो । लिंकन अमेरिकाका १६ औं राष्ट्रपति हुन् ।

प्रकाशित समय : ०७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु