गृहपृष्ठ पहाडी क्षेत्रमा वर्षाको सम्भावना
पहाडी क्षेत्रमा वर्षाको सम्भावना
मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
राति गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सोमबार प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनीका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू९भागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने ठानिएको छ ।
प्रकाशित समय : ०७:२६ बजे



















