global ime bank Long Banner Ad

गृहपृष्ठ इजरायलका नवनियुक्त प्रधानमन्त्री नेतान्याहूलाई प्रधानमन्त्री देउवाको बधाई

इजरायलका नवनियुक्त प्रधानमन्त्री नेतान्याहूलाई प्रधानमन्त्री देउवाको बधाई

इजरायलका नवनियुक्त प्रधानमन्त्री नेतान्याहूलाई प्रधानमन्त्री देउवाको बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले इजरायल प्रधानमन्त्रीमा पुनः निर्वाचित भएमा बेन्जामिन नेतान्याहुलाईे बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले नेतान्याहूलाई बधाई दिएका हुन् ।

बधाई सन्देशमा प्रधानमन्त्री देउवाले दुई देशबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप मजबुत हुने आशा व्यक्त गरेका छन् । गठबन्धनका तर्फबाट नेतान्याहू पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

कुल १२० सिट रहेको इजरायली संसद्मा नेतान्याहूको पार्टीले ३२ सिट‚ एस अतिद पार्टीले १८ सिट र रिलिजियस जियोनिस्ट पार्टीले १४ सिट प्राप्त गरे । उक्त पार्टीबीचको गठबन्धनबाट नेतान्याहू प्रधानमन्त्रीमा चयन भएका हुन् ।

प्रकाशित समय : १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु