global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र छपाइ सकियो

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सकिएको छ ।

निर्वाचन आयोगका अनुसार ३ मंसिरसम्म १८ वर्ष उमेर पुगी कायम हुने मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको छ । प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरिएको छ ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ । हाल पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतका मतपत्रहरू प्रत्येक निर्वाचन क्षेत्रका लागि धमाधम मतपत्र ढुवानी गरिरहेको आयोगले जनाएको छ ।

यसअन्तर्गत शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लाको मतपत्र ढुवानी गरिएको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मतपत्र यसअघि नै ढुवानी भइसकेको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरेको थियो ।

प्रकाशित समय : १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु