काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एटीएम मेसिन तोडफोडमा संलग्न तीन जना पक्राउ

7.08K
shares

ललितपुर महानगरपालिका-५ कुमारीपाटीस्थित एनएमबी बैंकको एटीएम मेसिन तोडफोड गरी चोरीको प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-३ घर भई ग्वार्को बस्ने ३१ वर्षीय बसन्त तिवारी, ललितपुर सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी धरान उपमहानगरपालिका-१५ भानुचोकका ३५ वर्षीय अनिल राई छन् ।

कात्तिक ४ गते राति उनीहरूले उक्त बैंकको एटीएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरेका थिए । प्रहरीले उक्त बैंकमा रहेको सीसीटीभी फुटेजको आधारमा अनुसन्धान तथा पक्राउ गरेको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए ।

उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।