काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भीम रावलको प्रश्न – कमल, राजेन्द्र, उपेन्द्र, एकनाथसंग एमालेको साँठगाँठ कुन नीतिअनुसार हो ?

9.45K
shares

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले एमालेले मंगलबार जारी गरेको घोषणा पत्रमाथि प्रश्न उठाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा एमालेले गरेका गठबन्धन कुन नीति, सिद्धान्त तथा गन्तव्यले पुष्टि गर्छन् भन्दै प्रश्न गरेका हुन् ।

उनले एमालेले आज जारी गरेको घोषणा पत्रमा लेखेको विषयमाथि प्रश्न उठाए ।

‘एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो” भन्ने भनाई उचित हो । तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसंग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन्,’ उनले ट्विटरमा उल्लेख गरेका छन् ।