global ime bank Long Banner Ad

गृहपृष्ठ दम्पत्तिमाथि खुकुरी प्रहार, श्रीमानको मृत्यु, श्रीमती गम्भीर

दम्पत्तिमाथि खुकुरी प्रहार, श्रीमानको मृत्यु, श्रीमती गम्भीर

दम्पत्तिमाथि खुकुरी प्रहार, श्रीमानको मृत्यु, श्रीमती गम्भीर

केपिलासगढी गाउँपालिका- २, खार्ताम्छा बस्ने ६५ वर्षीय डिल्लीराज राईलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय शुभराज राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शुभराजले डिल्लीराज र उनकी श्रीमतीलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरीले उनलाई मानाचिम भन्ने स्थानमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

गम्भीर घाइते भएका डिल्लीराजको उपचारको लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो भने उनकी घाइते श्रीमतीलाई उपचारको लागि कैलाश एयरको हेलिकप्टरद्वारा काठमाडौंतर्फ पठाउने तयारी भइरहेको प्रहरीले  जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : २३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु