गृहपृष्ठ डेंगु संक्रमितकाे संख्या ४३ हजार बढी, ५२ जनाले गुमाइसके ज्यान
डेंगु संक्रमितकाे संख्या ४३ हजार बढी, ५२ जनाले गुमाइसके ज्यान
नेपालमा डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या थपिँदै गएको छ । यो वर्षको साउनयता हालसम्म डेंगुबाट ५२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
डेंगु रोग हाल सात प्रदेशका ७७ वटै जिल्लामा फैलिएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ४३ हजार ६८५ जना डेंगु संक्रमित भएका छन् । हाल सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा रहेकाे मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित समय : २१:२३ बजे



















