काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

डेंगु संक्रमितकाे संख्या ४३ हजार बढी, ५२ जनाले गुमाइसके ज्यान

11.84K
shares

नेपालमा डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या थपिँदै गएको छ । यो वर्षको साउनयता हालसम्म डेंगुबाट ५२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

डेंगु रोग हाल सात प्रदेशका ७७ वटै जिल्लामा फैलिएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ४३ हजार ६८५ जना डेंगु संक्रमित भएका छन् । हाल सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा रहेकाे मन्त्रालयले जनाएकाे छ ।