गृहपृष्ठ गुराँस लाइफको साधारण सभा सम्पन्न

गुराँस लाइफको साधारण सभा सम्पन्न

गुराँस लाइफको साधारण सभा सम्पन्न

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे १२औं वार्षिक साधारण सभा कात्तिक ४ गते सम्पन्न भएको  छ ।

साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारीत गरेको छ भने लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारीत समेत गरेको छ  ।

साथै, सभाले आ.ब २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ  । सभाले  गुराँस लाइफ सहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने ÷गाभिने सम्बन्धी  प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ  भने मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।

सभाले कम्पनीको सम्पति दायित्व मुल्याकंन गर्नका लागि मुल्याकंनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति ,उनीहरुको पारीश्रमिक निर्धाण ,एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मुल्याकंनकर्ता नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ  ।

त्यसैगरी सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ दशमलव ४४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव  लगायतका विविध प्रस्ताव अनुमोदन गरेको छ ।

प्रकाशित समय : ०९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु