काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आज नागरिकसँग टेलिफोन संवाद गर्दै ओली, १ लाख ७१ हजार ७८३ जनाले टिपाए नाम र नम्बर

11.8K
shares

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् । ओलीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उनको सचिवालयले जनाएको छ ।

‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद’, ओलीले भनेका छन् । धेरै सहभागिता भएको भन्दै बिहीबार दिउँसो १२ बजेपछि नाम टिप्न बन्द गरिएको थियो ।

नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न ओलीले गत मंगलबार अनुरोध गरेका थिए ।

संसदीय चुनाव नजिकिँदै जाँदा ओलीले चुनावी अभियान तीव्र पारेका छन् । केही दिनअघि मात्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई खुला डिभेटका लागि आह्वान गरेका थिए ।