गृहपृष्ठ विश्व इतिहासमा आज: सद्दाम हुसेन दोषी ठहरदेखि चीन-तिब्बत युद्ध समाप्तसम्म
विश्व इतिहासमा आज: सद्दाम हुसेन दोषी ठहरदेखि चीन-तिब्बत युद्ध समाप्तसम्म

सद्दाम हुसेन दोषी ठहर
सन् २००५ मा इराकी विशेष अदालतले तत्कालीन अपदस्थ राष्ट्रपति सद्दाम हुसेनसहित ७ जनालाई दोषी ठहर गरेको थियो । उनलाई सन् २००६ को ३० डिसेम्बरमा फाँसी दिइएको थियो ।
जीवनको अस्थित्व ४ अर्ब वर्ष पहिले रहेको प्रमाण
सन् २०१५ मा अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक पृथ्वीमा जीवनको अस्तित्व ४ दशमलब १ अर्ब वर्षअघि रहेको प्रमाण फेला पारेका थिए । युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले यस्तो प्रमाण फेला पारेका थिए ।
चीन तिब्बत युद्ध समाप्त
सन् १९५० मा चीन र तिब्बतबीचको चाम्दो युुद्ध समाप्त भएको थियो । चीनका तत्कालीन नेता देङ सियाओपिङको नेतृत्वमा चिनियाँ सेना सिचुआनबाट प्रवेश गरेपमिछ चीन र तिब्बतबीच ६ अक्टोबरमा उक्त युद्ध सुरु भएको थियो ।
जोनाथान स्विफ्टको मृत्यु
सन् १७४५ मा प्रसिद्ध लेखक जोनाथान स्विफ्टको मृत्यु भएको थियो । एंग्लो आइरिस लेखक तथा पादरी स्विफ्टको ७७ वर्षको उमेरमा मृत्यु भएको थियो । स्विफ्टको जन्म सन् १६६७ को नोभेम्बर ३० मा आइरल्यान्डको डब्लिनमा भएको थियो ।
प्रकाशित समय : ०७:२३ बजे