गृहपृष्ठ युरोपको घरेलु उपकरण ब्रान्ड ‘बोश’ नेपाली बजारमा
युरोपको घरेलु उपकरण ब्रान्ड ‘बोश’ नेपाली बजारमा
युरोपको चर्चित घरेलु उपकरण निर्माता कम्पनी बीएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ । नेपालको लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेकसँगको साझेदारीमा बीएसएच होम अप्लायन्सेसले नेपालमा बोश ब्रान्ड सार्वजनिक गरेको हो ।
बीएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरूलाई बजारमा विस्तार गर्ने योजना राखेको बताइएको छ । कम्पनीले कमलादीस्थित आइटी प्लाजामा बोशको अत्याधुनिक स्टोरको स्थापना गरेको छ ।
स्टोरमा बोशका उच्च गुणस्थरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवाशर, मिक्सर ग्राइन्डर र थप उपकरणहरू प्रदर्शनी एवं बिक्रीको लागि राखिएको छ । यी सबै जर्मन प्रविधिमा आधारित उपकरणहरू हुन् ।
‘अहिलेको बजार गतिशील छ । ग्राहकहरू हरेक प्रकारको उपकरण खरिद गर्न सचेत छन् । ग्राहकहरू घरेलु उपकरणहरू खरिद गर्न कुनै सम्झौता गर्न चाहँदैनन् । यस्तो अवस्थामा नेपाली बजारमा बोश प्रवेश गरेलगत्तै ग्राहकले गुणस्तरीय सामग्री पाउने विश्वास छ,’ कम्पनीले भनेकाे छ ।
बीएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रवन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत निरज बहलले भने, ‘हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौं । सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिको लागि यो एक महत्वपूर्ण कदम समेत सावित भएको छ ।’

बजार बढ्दो गतिमा छ र यस्तोमा जर्मन विरासतमा आधारित बोश ब्रान्डका उपकरणहरूले राम्रो बजार प्रदर्शन गर्नेमा उनी सकारात्मक छन् । यसका हरेक उपकरणहरू उपभोक्ता-केन्द्रित हुनाले विश्व बजारले समेत बोश ब्रान्ड निकै रुचाएको उनी बताउँछन् ।
बोश ब्रान्ड नेपाली बजारमा सार्वजनिक गर्दै र लक्ष्मी ग्रुपसँगको साझेदारीबारे लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ भने, ‘नेपाली उपभोक्ताहरूको लागि गुणस्तरीय घरेलु उपकरणहरू भित्र्याउने बिएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुशी छौं । लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैं अग्रपंक्तिमा रहेको छ ।’
प्रकाशित समय : १७:५७ बजे



















