गृहपृष्ठ थप ४६ जनामा कोरोना पुष्टि, १७ जना संक्रमणमुक्त
थप ४६ जनामा कोरोना पुष्टि, १७ जना संक्रमणमुक्त
पछिल्लो २४ घन्टामा देशभर ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ हजार २८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार यस अवधिमा एक हजार १८३ जनाको पीसीआर र एक हजार १०४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर ७११ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य छ । साेमबार थप १७ जना संक्रमित निको भएका छन् ।
प्रकाशित समय : १७:३४ बजे



















