गृहपृष्ठ सत्यमोहन जोशीको हुनेछैन अन्त्येष्टि !
सत्यमोहन जोशीको हुनेछैन अन्त्येष्टि !
संस्कृतिविद् तथा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको अन्त्येष्टि वा दाहसंस्कार नहुने भएकाे छ । आज बिहान ललितपुरको किस्ट अस्पतालमा देह त्याग गरेका जोशीको मृत शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि आफन्तीले शव अस्पताललाई हस्तान्तरण गर्नेछन् ।
मृत्युअघि नै जोशीले आफ्नो शरीर किस्ट अस्पताललाई दान गरेका थिए । अब उनको शरीरलाई अस्पतालले अध्ययन प्रयोजनका लागि प्रयोग गर्नेछ । अस्पतालले यसअघि देखिनै जोशी दाम्पतीको उपचार निशुल्क रुपमा गर्दै आएको छ ।
मृत्युपछिको सामान्य संस्कार पुरा गर्नका लागि भने परिवार र अस्पतालबीच समन्वय हुनेछ ।
ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको थियो ।
प्रकाशित समय : ११:१० बजे



















