गृहपृष्ठ नवौं राष्ट्रिय खेलकुदः आजबाट कुस्मामा कराँते सुरु

नवौं राष्ट्रिय खेलकुदः आजबाट कुस्मामा कराँते सुरु

नवौं राष्ट्रिय खेलकुदः आजबाट कुस्मामा कराँते सुरु

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आजबाट कराँतेका विभिन्न १९ वटा ‘इभेन्ट’ सुरु हुँदैछन् । पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता हुने भएको छ । शनिवार नै महिलाको एकल काता, पुरुषको समूह काता र महिलाको समूह काता हुनेछ । काताको सेमिफाइनल र फाइनल खेल दिउँसो दुई बजेपछि कुस्मामा राखिएको छ ।

असोज ३० गते बिहान आठ बजेदेखि खेलहरू हुनेछन् । जसमा महिला ५५ केजी, पुरुष ७५ केजी, महिला ६१ केजी र पुरुष ८४ केजीभन्दा माथिको तौल समूह गरेर चार वटा खेल हुनेछन् । यी समूहको सेमिफाइनल र फाइनल खेल दिउँसो एक बजेपछि सुरु हुनेछन् ।

असोज ३१ गते पुरुष ६० केजी, महिला ६८ केजीभन्दा माथि, पुरुष ६७ केजी र महिला ६८ केजी भन्दा तल र पुरुष ८४ केजी भन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुनेछन् । यी विधाको सेमिफाइनल र फाइनल खेलहरू सोही दिनको दिउँसो एक बजेपछि खेलाउने तयारी छ ।

कात्तिक एक गते महिला ४५ केजी, पुरुष ५५ केजी, महिला ५० केजी र पुरुष ५० केजी तौल समूह गरेर चार वटा ‘इभेन्ट’ मा खेल हुनेछन् ।

यी समूहका खेलको सेमिफाइनल तथा फाइनल खेल पनि दिउँसो एक बजेपछि हुनेछन् । कात्तिक दुई गते पुरुष टिम कुमुते (सामूहिक फाइट) र महिला कुमुते ‘इभेन्ट’ मा खेल हुनेछन् ।

टिम कुमुतेको सेमिफाइनल र फाइनल खेल सोही दिन दिउँसो एक बजेबाट सुरु हुनेछन् ।

प्रकाशित समय : ०९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु