गृहपृष्ठ चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन : सी फेरि नेतृत्वमा आउलान् ?

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन : सी फेरि नेतृत्वमा आउलान् ?

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन : सी फेरि नेतृत्वमा आउलान् ?

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं राष्ट्रिय महाधिवेशन आइतबार (१६ अक्टोबर) चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको ग्रेट हल अफ द पिपुलमा सुरू हुँदैछ । पार्टी स्थापना भएको १०१ वर्षको इतिहासमा सीपीसीको सर्वोच्च अंग मानिने महाधिवेशनको २०औं संस्करण सुरू हुन लागेको हो, जुन हरेक पाँच वर्षमा एकपटक आयोजना हुन्छ ।

यो महाधिवेशनबाट सीपीसीले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनलाई अबका पाँच वर्षसम्म हाक्ने राजनीतिक र सैन्य नेतृत्व चुन्नेछ भने त्यो अवधीमा गरिने योजनाहरू पारित गर्नेछ ।

महाधिवेशनमा देशभरबाट सीपीसीका करिब २३ सय प्रतिनिधि सहभागी हुनेछन् । हाल देशभर सीपीसीका ९ करोड २० लाखभन्दा बढी पार्टी सदस्य रहेका छन् ।

उदघाटन सत्रमा चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिनपिङले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । जहाँ उनले आफ्नो पाँच वर्षे कार्यकालका प्रगति विवरण र आउने पाँच वर्षमा गरिने कामहरूको फेहरिस्त प्रस्तुत गर्नेछन् । यसर्थ सी जिनफिङ फेरि सीपीसीको नेतृत्वमा आउलान् त ? प्रश्न जायज छ ।

अहिले पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोग (सीएसी)को अध्यक्ष दुवै प्रमुख पदमा चीनका राष्ट्रपतिसमेत रहेका जिनपिङ नेतृत्वमा छन् । चीनको कम्युनिस्ट पार्टीले नै त्यहाँको सरकार चलाउँछ । पार्टीको महासचिव सबैभन्दा बढी शक्तिशाली हुने हुँदा राज्य सञ्चालक अर्थात राष्ट्रपति पनि उही व्यक्ति हुन्छ ।

सीले सन् २०१२ मा पहिलोपटक पार्टी र मुलुकको नेतृत्व सम्हालेका थिए । त्यसयता दोस्रोपटक सन् २०१८ मा पनि सी दुवै शक्तिशाली पदमा दोहोरिए । आफ्नो नेतृत्वमा चीनले विश्व शक्ति राष्ट्रहरूसँग प्रतिस्पर्धा गरेर आर्थिक र सैन्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेपछि लोकप्रिय बनेका सी तेस्रो पाँच वर्षे कार्यकाल पनि आफैं चलाउने मनस्थितिमा छन् ।

चिनियाँ सरकारी सञ्चार माध्यमहरूका अनुसार अहिलेसम्म उनको प्रतिद्वन्द्वीका रूपमा कोही दोस्रो व्यक्ति अगाडि सर्ने सम्भावना देखिएको छैन । त्यसैले सी नै अबको नेतृत्वमा दोहोरिने सम्भावना बलियो छ ।

प्रकाशित समय : १०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु