गृहपृष्ठ यस वर्षको एसईई चैत दोस्रो हप्तादेखि
यस वर्षको एसईई चैत दोस्रो हप्तादेखि
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को वार्षिक परीक्षा चैत दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेकाे शैक्षिक सत्र २०७९ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका साे कुरा जनाइएकाे छ ।
कार्यतालिकाअनुसार त्यसको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने छ । परीक्षा सञ्चालन जिल्ला/प्रदेश/परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिनेछ । त्यसको नतिजा प्रकाशन गर्ने काम चाही बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्ने कार्यतालिकामा उल्लेख छ ।
माघको पहिलो हप्तामा परीक्षाको समय तालिका प्रकाशन गरिनेछ । प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण फागुन मसान्तभित्र पठाइसक्नुपर्ने कार्यालयले जनाएकाे छ । पुरक परीक्षा भने २०८० को साउन अन्तिम हप्तामा हुनेछ । कक्षा ९ को विद्यार्थी रजिष्ट्रेशन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकाले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी सोसम्बन्धी समय तालिका पछि प्रकाशन गरिने कार्यालयले सूचनामार्फत जानकारी गराएकाे छ ।
बोर्डले यसअघि कक्षा ११ र १२ को पनि वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको थियो । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा भने २०८० को वैशाख दोस्रो हप्तादेखि गर्ने बाेर्डकाे तयारी छ ।
प्रकाशित समय : १७:२२ बजे

















