nmb bank

गृहपृष्ठ काठमाडौं –१० मा गठबन्धन तोडेको माओवादीको घोषणा

काठमाडौं –१० मा गठबन्धन तोडेको माओवादीको घोषणा

काठमाडौं –१० मा गठबन्धन तोडेको माओवादीको घोषणा

काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ ।

प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको बताइन् ।

सत्ता गठबन्धनको सिट बाँडफाँटअनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको थियाे ।

त्यस अनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादीले र एकीकृत समाजवादीले एक–एक वटा लिने सहमति भएको थियो ।

प्रदेशसभामा पनि सत्ता गठबन्धनका एकभन्दा बढी दलबाट उम्मेदवारी परेको छ ।

काठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलिप महर्जनले उम्मेदवारी दिएका छन् ।

काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।

प्रकाशित समय : १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु