काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नगद सर्कुलेसन ५७ अर्बले बढ्यो, निक्षेप १३ अर्ब घट्यो

5.17K
shares

दसैंमा नगद सर्कुलेसन ५७ अर्ब रुपैयाँले वृद्धि भएको छ । २६ भदौबाट नयाँ नोट सटही सुविधासँगै बढ्न लागेको नगद सर्कुलेसन २३ असोजसम्म आउँदा ५७ अर्बले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२६ भदौ अगाडि ६ खर्ब ७ अर्ब रहेको नगद सर्कुलेसन २३ असोजमा ६ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

यस्तै दसैंका लागि साना र ठूला दरको ५० अर्बको नोट सटही गरेको केन्द्रीय बैंकले दसैंका लागि साना दरको (५ देखि १०० रुपैयाँ सम्मका) १५ अर्ब र ठूला दरको (५०० र १००० दरका) ३५ अर्बको नोट सहटी भएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पोख्रेलले बताए ।

दसैंमा बैंकिङ प्रणालीबाट १३ अर्ब भन्दा बढी निक्षेप बाहिरिएको छ । दसैंको अगाडि १३ असोजमा ५१ खर्ब २७ अर्ब ९६ करोड रहेकोमा २३ असोजमा ५१ खर्ब १४ अर्ब ८२ करोडमा झरेको पोख्रेलले बताए ।

दसैंमा औपचारिक क्षेत्रमा कार्यरत कर्मचारी साथै निजामति कर्मचारीले डबल पारिश्रमिक पाउने र सरकारको खर्च पनि पनि वृद्धि हुँदा बजारमा पैसा आउँछ । तर, चाडपर्व मनाउन शहरका नागरिक गाउँ जाँदा नगद होल्ड हुने भएकोले पनि दसैंमा केही निक्षेप बाहिरिने गरेको छ ।

सोही अवधिमा कर्जा पनि ३ अर्बले घटेको छ । १३ असोजमा ४७ खर्ब ३५ अर्ब रहेको कर्जा २३ असोजमा घटेर ४७ खर्ब ३२ अर्बमा झरेको छ । दसैंको अवधिमा कर्जा लगानी नभएको तर भुक्तानी नियमित हुँदा लगानीमा रहेको कर्जा घटेको हुनसक्ने उनले बताए ।