nmb bank

गृहपृष्ठ राधा मौसी : ६ हजार उम्मेदवारमध्ये एक मात्र तेस्रोलिंगी

राधा मौसी : ६ हजार उम्मेदवारमध्ये एक मात्र तेस्रोलिंगी

राधा मौसी : ६ हजार उम्मेदवारमध्ये एक मात्र तेस्रोलिंगी

यो निर्वाचनमा करिब ६ हजार जनाभन्दा धेरै उम्मेदवार बनेका छन् । प्रतिनिधिसभा तर्फको २५२६ मध्ये २३५ महिला छन् भने २२९१ पुरुष छन् । प्रदेश तर्फको ३४७६ मध्ये २९७ महिला र बाँकी सबै पुरुष रहेका छ । त्यसमध्ये एकजना छिन राधा मौसी ।

उनी तेस्रोलिंगी हुन् । निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार ४ मंसिरको चुनावमा लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जना मात्र उम्मेदवार छन् । नेपाल जनता पार्टीले मधेश प्रदेश सभाका लागि सर्लाही क्षेत्र नम्बर २ (ख) बाट तेस्रो लिंगी महेन्द्र शाही तेली (राधा मौसी) लाई उम्मेदवार बनाएको छ ।

निर्वाचन आयोगको तथ्यांक अनुसार मधेश प्रदेशमा आफूलाई अन्य (यौनिक तथा लैगिंक अल्पसंख्यक) भनेर चिनाउने ७० जना मतदाता छन् । आयोगका अनुसार लैगिंक तथा यौनिक अल्पसंख्यक मतदाता सबैभन्दा धेरै मधेश प्रदेशमा छन् ।

प्रदेश सभाका लागि प्रत्यक्ष चुनावी मैदानमा उत्रिएकी राधा मौसीले ०७४ को स्थानीय चुनावमा मलगंवा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

६० वर्षकी राधा मौसी आफूलाई समाजसेवीका रुपमा चिनाउँछिन् ।

प्रकाशित समय : ०८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु