गृहपृष्ठ विप्लव नेतृत्वको नेकपाले आज नवौं महाधिवेशन गर्दै
विप्लव नेतृत्वको नेकपाले आज नवौं महाधिवेशन गर्दै
मुलुक आमनिर्वाचनमा होमिरहँदा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ ।
चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ । काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो । कपिलवस्तु चन्दको गृह जिल्ला पनि हो ।
सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्नेछन ।
दिउँसो १२ बजे नवनिर्मित पार्टीको केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु आउने क्रममा जारी रहेको छ । महाधिवेसनमा कति प्रतिनिधि रहनेछन त्यो भने खुलाईएको छैन ।
पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रवाट अलग्गिएर मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द त्यो पार्टी पनि विभाजन गरी नेकपा गठन गरेका थिए । तीन बर्षअघि शान्ति प्रक्रियामा आएका चन्दको पार्टी पनि विभाजन भएपछि पहिलोपटक नयाँ कार्यदिशा निर्माण गर्ने तथा ४ मंसिरमा हुन गईरहेको निर्वाचनका बारेमा धारणा बनाउने भएकाले महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।
प्रकाशित समय : ०७:४१ बजे



















